• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु ★   साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम ★   बैंकरलाई अर्थमन्त्रीको ढाडस-विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ ★   स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष ढकाल

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा



काठमाडौं । अस्ट्रेलिया एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि घरेलु टिम भारतसङ्गको भेट पक्का गरेको हो ।

यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अस्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोड्दा अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए । मिचेल मार्स शून्यमा आउट भए भने तब्राइज शाम्सीबाट बोल्ड हुनुअघि ग्लेन म्याक्सलले १ रन मात्र जोड्न सके ।

मार्नस लाबुसेन १८ रन र जोश इंग्लिस २८ रनमा आउट भए । कप्तान पाट कमिङ्गसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए ।

त्यसअघि कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके । उनी ४७ रन बनाएर आउट भए ।

गेराल्ड कोत्जीले १९ रन, एडिन माक्रम र कागिसो रबाडाले १० ।१० रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

भारत र अस्ट्रेलियाबीचको फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदि रंगशालामा हुनेछ ।