१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्तले विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेल गुमाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङले युएईविरुद्धको खेल गुमाउने भएका छन् ।

घुँडामा चोट बोकेका अनन्तले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्धको खेल नखेल्ने भएका हुन् ।

नेपालले आउँदो बिहीबार युएईसँग खेल्नेछ । युएईसँग खेलेको पाँच दिनमा अर्थात् मंसिर ५ मा नेपालले दोस्रो खेल घरेलु मैदान दशरथ रंगशालामा यमनसँग खेल्नेछ । दुई टोलीबीचको खेल साँझ ७ बजे हुनेछ ।

यसैबीच, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

यो पनिः युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा