२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।

नेपाली टिमः
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

नेपालले आउँदो बिहीबार युएईसँग खेल्नेछ । त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ । युएईसँग खेलेको पाँच दिनमा अर्थात् मंसिर ५ मा नेपालले दोस्रो खेल घरेलु मैदान दशरथ रंगशालामा यमनसँग खेल्नेछ । दुई टोलीबीचको खेल साँझ ७ बजे हुनेछ ।

फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । यस्तै, यसै समूहका बहराइन ८३औं र यमन १५६औं स्थानमा छन् भने नेपाल १७३औं स्थानमा छ ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी जम्मा ६ खेल खेल्नेछ ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणमा पुग्नेछन् । पुछारका दुई टिम विश्वकप छनोट यात्राबाट बाहिरिनेछन् भने एसिया कपको तेस्रो चरणमा स्थान बनाउनेछन् ।