• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’ ★   सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु ★   साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम ★   बैंकरलाई अर्थमन्त्रीको ढाडस-विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ ★   स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष ढकाल

बंगलादेशमा सुनिरालाई रजत



काठमाडौँ । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा शुक्रबार रजत जितेकी छन् ।

ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसंग ६–३ र ६–० ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन् ।

बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बाइ पाउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन् । सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने ।

नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ । सर्किट– २ भने बंगलादेशको राजशाहीमा हुनेछ ।