३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः बार्सिलोनामाथी रियलको जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा भएको एल क्लासिकोमा रियल म्याड्रिडले  बार्सिलोनालाई २–१ ले हराएको छ । जितसंगै रियल म्याड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । अल्फ्रेडो डी स्टेफानो स्टेडियममा भएको खेलमा रियलले करिम बेन्जेमाको गोलले अग्रता लिएको थियो ।

लिगका पछिल्ला सात खेलमा उनको यो नवौं व्यक्तिगत गोल हो । टोनी क्रुसले रियलका लागि दोस्रो गोल थपे । बार्सिलोनाका तर्फबाट ओस्कर मिगुएजाले एक गोल फर्काए । खेलको अन्त्यतिर रियल १० खेलाडीमा सीमित रह्यो ।

कासेमिरालाई रातो कार्ड देखाइएको थियो । यो नतिजापछि रियल र छिमेकी एट्लेटिको म्याड्रिडको समान ६६ अंक भएको छ । रियल हेड टु हेडमा अगाडि रहेको हो । जनवरीको अन्त्यसम्म एट्लेटिकोलाई शीर्ष स्थानमा १० अंकको अग्रता प्राप्त थियो । बार्सिलोना भने ६५ अंकसाथ तेस्रो स्थानमा छ । एट्लेटिकोले आइतबार रियल बेटिसको सामना गर्दै छ ।