२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेलिब्रिटी नबन्दै गूगलमा भेट्न सकिन्छ आफ्नो नाम, जान्नुहोस्



अ+ अ-

काठमाडौं । यदि तपाई गूगलमा सर्च गरेर अरुले आफ्नो बारेमा थाहा पाउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि तपाई सेलिब्रिटी हुन जरुरी छैन । गूगलले तपाईको पहिचान विश्वसामु ल्याउने प्रबन्ध मिलाइ दिएको छ ।

हालै गूगलले पिपुल कार्ड फिचर सार्वजनिक गरेको छ । यो एक किसिमको भर्चुअल भिजिटिङ कार्ड हो । जसको सहयोगमा तपाई कुनै पनि व्यक्तिको बारेमा गूगल सर्च गरेर खोज्न सक्नुहुन्छ । अथवा भनौं जसले पनि तपाईलाई खोज्न सक्छ ।

यसमा त्यही जानकारी विश्वसामु देखिनेछ, जुन तपाई आफू चाहनुहुन्छ । यसको आवश्यकता किन पनि छ भने अहिले एउटै नाम गरेका अनेकौं मानिसहरु इन्टरनेटमा छन् ।

गूगल पिपुल कार्डमा के हुन्छ ?
यसमा कुनै पनि व्यक्तिले आफ्नो एउटा मात्र कार्ड बनाउन सक्छ । यसको खोजविन पछि नै यो जारी हुनेछ । हरेक कार्डमा व्यक्तिको फोटो, व्यवसाय, ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । जसबाट एउटै नाम गरेको अर्को कार्डबाट अलग गरिनेछ ।

यदि प्रयोगकर्ताले चाहेको खण्डमा यसमा आफ्नो अध्ययन, सम्पर्क, गाउँ-ठाउँ, सामाजिक सञ्जालको प्रोफाइलजस्ता जानकारीसमेत जोड्न सकिन्छ । यस्तो कार्डमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुनेछ ।

यदि तपाईले चाहेको खण्डमा जानकारी मेटाउन वा अपडेट गर्न सक्नुहुनेछ । यसबाहेक प्रयोगकर्ताले सधैंका लागि कार्ड बन्द गरेर राख्नसमेत सक्नेछन् । यसो गर्दा गूगल सर्चमा तपाईको नाम कहिल्यै देखिने छैन । हालका लागि गूगल सर्चका लागि बनाइएको यो फीचर वेब भर्सनमा मात्र उपलब्ध छ ।

हालै मात्र विश्वमै पहिलोपटक भारतमा सार्वजनिक गरिएको यो फिचर अन्य मुलुकमा तत्काल उपलब्ध हुने विषयमा गूगलले स्पष्ट उल्लेख गरेको छैन। (एजेन्सीको सहयोगमा)