• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

भूकम्पपीडितलाई सात दिनको तलब



काठमाडौँ । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो ।

यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीशको पाँच दिन, जिल्ला अदालतका न्यायाधीशको तीन दिन, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका अधिकृतको तीन दिन, अन्य अधिकृतस्तरका कर्मचारीको दुई दिन र सहायकस्तरका कर्मचारीको एक दिन बराबरको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उल्लेख छ । रासस