२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको तारिफमा कोहलीले लेखे ६ शब्द



अ+ अ-

एजेन्सी । ग्लेन म्याक्सवेलले मंगलबार अफगानिस्तानविरुद्ध विश्व क्रिकेटको सबैभन्दा ठूलो इनिङ खेलेका थिए, जसलाई देखेर भारतीय स्टार ब्याट्सम्यान विराट कोहली निकै प्रभावित भए ।

ग्लेन म्याक्सवेलले वानखेडे स्टेडियममा दुखाइको बावजुद दोहोरो शतक प्रहार गरे र अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याए ।

२०२३ को विश्वकपको ३९ औं खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ४६ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाको जितका हिरो बनेका ग्लेन म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्काको मद्दतले अविजित २०१ रन बनाए ।

कोहलीले गरे तारिफ
ग्लेन म्याक्सवेलको इनिङ्सबाट कोहली निकै प्रभावित भएका थिए । कोहलीले आफ्नो इन्स्टाग्राम स्टोरीमा ६ शब्दमा म्याक्सवेलको प्रशंसा गरेका छन् । म्याक्सवेलको तस्बिर सेयर गर्दै ३५ वर्षीय कोहलीले क्याप्सन लेखेका छन्, ‘केबल तिमिले मात्र यो गर्न सक्छौं । अविश्वसनीय ।’

ग्लेन म्याक्सवेल र विराट कोहली आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट सँगै खेल्छन् । यी दुईबीच निकै गहिरो मित्रता छ ।