६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको तारिफमा कोहलीले लेखे ६ शब्द



अ+ अ-

एजेन्सी । ग्लेन म्याक्सवेलले मंगलबार अफगानिस्तानविरुद्ध विश्व क्रिकेटको सबैभन्दा ठूलो इनिङ खेलेका थिए, जसलाई देखेर भारतीय स्टार ब्याट्सम्यान विराट कोहली निकै प्रभावित भए ।

ग्लेन म्याक्सवेलले वानखेडे स्टेडियममा दुखाइको बावजुद दोहोरो शतक प्रहार गरे र अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याए ।

२०२३ को विश्वकपको ३९ औं खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले ४६ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाको जितका हिरो बनेका ग्लेन म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्काको मद्दतले अविजित २०१ रन बनाए ।

कोहलीले गरे तारिफ
ग्लेन म्याक्सवेलको इनिङ्सबाट कोहली निकै प्रभावित भएका थिए । कोहलीले आफ्नो इन्स्टाग्राम स्टोरीमा ६ शब्दमा म्याक्सवेलको प्रशंसा गरेका छन् । म्याक्सवेलको तस्बिर सेयर गर्दै ३५ वर्षीय कोहलीले क्याप्सन लेखेका छन्, ‘केबल तिमिले मात्र यो गर्न सक्छौं । अविश्वसनीय ।’

ग्लेन म्याक्सवेल र विराट कोहली आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट सँगै खेल्छन् । यी दुईबीच निकै गहिरो मित्रता छ ।




भर्खरै