• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मिलानले पिएसजीलाई हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेको छ ।

गएराति भएको समूह चरण अन्तर्गतको खेलमा मिलानले घरेलु मैदानमा पिएसजीलाई २–१ गोलले पराजित गरेको हो । खेलको नवौं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा राफायल लिआओले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई जित दिलाए । यो नतिजासँगै समूह एफ मा पिएसजी ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने मिलान ५ अंकका साथ तेस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–० गोलले पराजित गर्यो । डर्टमण्ड ७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने न्युक्यासल ४ अंकका साथ पुछारमा छ ।