२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलानले पिएसजीलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेको छ ।

गएराति भएको समूह चरण अन्तर्गतको खेलमा मिलानले घरेलु मैदानमा पिएसजीलाई २–१ गोलले पराजित गरेको हो । खेलको नवौं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा राफायल लिआओले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई जित दिलाए । यो नतिजासँगै समूह एफ मा पिएसजी ४ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने मिलान ५ अंकका साथ तेस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–० गोलले पराजित गर्यो । डर्टमण्ड ७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने न्युक्यासल ४ अंकका साथ पुछारमा छ ।