• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

टोटेनहमको अपराजित यात्रामा चेल्सीले लगायो ब्रेक



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । गएराति भएको दुई लण्डन क्लबबीचको प्रतिस्पर्धामा चेल्सीले टोटेनहमलाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । खेलमा चेल्सीका निकोलास ज्याक्सनले ह्याट्रिक समेत गरे ।

अर्कोतर्फ चेल्सीसँगको हारसँगै टोटेनहमका जारी लिगमा अपराजित यात्रा समेत समाप्त भएको छ । टोटेनहम मात्रै लिगमा अपराजित रहेको थियो ।

खेलको छैटौं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै घरेलु टोली टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफमा ७५, ९०+४ र ९०+७ औं मिनेटमा गोल गर्दै ज्याक्सनले ह्याट्रिक पूरा गरे ।

टोटेनहमका दुई खेलाडीले रातो कार्ड खान पुगेका थिए । खेलको ३३ औं मिनेटमा किस्टियन रोमेरोले तथा ५५ औं मिनेटमा डेस्टिनी उडोगीले रातो कार्ड खाएका हुन् ।

यो नतिजासँगै टोटेनहमलाई अंकतालिकामा शीर्षस्थानमा उक्लने मौका गुमेको छ । उसको ११ खेलबाट २६ अंक हुँदा एक अंक बढी रहेको म्यान्चेस्टर सिटी शीर्षस्थानमा छ । उता, चेल्सी समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।