• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कुशल भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इलियास उत्कृष्ट खेलाडी



file

काठमाडौँ । नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन् । प्रतियोगितामा १८५ रन बनाएका भुर्तेल उत्कृष्ट ब्याटर घोषित भएका हुन् ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान बने । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।

ओमानकै अलराउन्डर अकिव इलियास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो ।

विजेता ओमान र उपविजेता नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् ।