५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इलियास उत्कृष्ट खेलाडी



file
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन् । प्रतियोगितामा १८५ रन बनाएका भुर्तेल उत्कृष्ट ब्याटर घोषित भएका हुन् ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान बने । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।

ओमानकै अलराउन्डर अकिव इलियास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो ।

विजेता ओमान र उपविजेता नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् ।




भर्खरै