• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

जाजरकोट भूकम्प: नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर



काठमाडौं । अमेरिकाले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दे आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।

दूतावासले सामाजिक सञ्जालमा लेखेको छ –

नेपालको जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ। सहायता चहिएमा अमेरिकी नागरिकहरूले [email protected] र +977 01-423-4000 मा हाम्रो अमेरिकी नागरिक सेवा टिमलाई सम्पर्क गर्नसक्नुहुन्छ।