काठमाडौं । अमेरिकाले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दे आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।
दूतावासले सामाजिक सञ्जालमा लेखेको छ –
नेपालको जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ। सहायता चहिएमा अमेरिकी नागरिकहरूले [email protected] र +977 01-423-4000 मा हाम्रो अमेरिकी नागरिक सेवा टिमलाई सम्पर्क गर्नसक्नुहुन्छ।