२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट



अ+ अ-

काठमाडौं । तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र/छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र/छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।

छात्रमा पारागनका सुनयन प्रजापति, मिनर्वाका उत्सव थुनइ, जेन्युनका सुमन नापित, बागेश्वरीका भूपेन्द्र ठकुरी, कृष तछामो र राज भरिखु, खपिन्छेका सुवास विक र सुमित कार्की तथा मिनर्वाका सुचन श्रेष्ठ छनोट भए । छात्रामा बागेश्वरीकी रश्मी श्रेष्ठ, साइनिङका सिमरन तामाङ, स्मृति तामाङ, सशिना तमखु, सजिना तामाङ, प्रतीक्षा वाइबा र प्रतीक्षा थापा मगर तथा पञ्चकन्याका प्रतिभा खड्का र विष्णु ओली रहेका छन् ।

करातेको छात्र/छात्रामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । छात्र ३० केजीमा कृष वाछा, ३५ केजीमा विमलकुमार थापा, ४० केजीमा विकास तामाङ र एकल कातामा अनुभव आचार्य छानिए । चारै बागेश्वरीका हुन् । छात्रा ३० केजीमा बागेश्वरीकी श्रीया शाही, ३४ केजीमा रोम्बसकी कृतिका राई तथा ३८ केजी र एकल कातामा माउन्ट भ्यालीकी तेजु बजिकोले केन्द्रीय प्रतियोगिताका लागि स्थान सुनिश्चित गरे ।

टेबलटेनिसमा पनि समान ४–४ छात्र/छात्रा गरी ८ खेलाडी छानिए । छात्रमा माउन्ट भ्यालीका सोहन गोर्खाली, द राइजिङका नुनिश सुवाल तथा प्रोक्सिमाका आशिष लिबी र सफल तामाङ छनोट भए । छात्रामा प्रभातकी करिना सुवाल, प्रोक्सिमाकी नर्वदा खाइतु र श्रृष्तिका लिबी तथा प्रभातकी सौरभी कोजु छानिए ।

सात खेल समावेश प्रतियोगिताअन्तर्गत उक्त तीन खेलसहित ६ खेलको छनोट सम्पन्न भइसकेको छ । यसअघि एथलेटिक्स, तेक्वान्दो र उसुको छनोट सम्पन्न भइसकेको छ । ब्याडमिन्टनको छनोट बैशाख ३ गते हुने छ ।