१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट राष्टिय क्रिकेट टिमलाई बधाई



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले एसियाली क्रिकेटको छनौट खेलमा युएईलाई पराजित गर्दै सन् २०२४ को टी(२० विश्वकप क्रिकेटका लागि छनौट भएकामा नेपालको राष्टिय क्रिकेट टिमलाई हार्दिक बधाई दिनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत पूर्बराष्ट्रपति भण्डारीले यस ऐतिहासिक सफलताले समग्र खेल क्षेत्र थप उत्साहित हुनुका साथै यसले नेपाललाई नै गौरवान्वित बनाएको जनाउनु भएको छ ।  उहाँलेनेपाली क्रिकेटको थप सफलताका लागि शुभकामना  पनि व्यक्त गर्नुभएको छ ।

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।