१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

रसुवागढीनाकाबाट आयात वृद्वि

रसुवागढीनाकाबाट आयात वृद्वि
अ अ+ अ-

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रने  चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण  बढ्न थालेको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी  र  सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो  । 

दैनिक नौ  कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।

नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर  रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता गरिसकेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत उत्साहित बनेका छन् । दैनिक  १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०-६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ ।

विसं २०७२ को मङ्सिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै  मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमण पश्चात पहिलो चरणमा तीन  दोस्रोमा छ तेस्रोमा नौ वटाहुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठुला १४ कन्टेनरमार्फत चिनियाँ  सामग्री रसुवागढी आउन थालेको हो ।

चिनियाँ भूभागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ्सीपिङले  नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढी सम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताउनुभयो ।

उहाँले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामोहुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जानकारी दिनुभयो ।

यसैगरी चिनियाँ सामानको आयात बढाउन रसुवाका प्रजिअको प्रयास स्वागतयोग्य भएको व्यवसायीले जनाएका छन् ।  व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री  आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताउनुभयो ।

आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले  जनाएको छ । 

चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म भन्सार शुल्कबापत रू पाँच अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो ।

प्रमुखभन्सार अधिकृत डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिनुभयो । उहाँले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्व रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताउनुभयो ।