काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईले हङकङलाई जितको लागि १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।
युएईका बासिल हामिदले सर्वाधिक ५१ रन बनाए । कप्तान मोहम्मद वासिमले ४६, एलिशान शराफु ३४, वृत्य अरविन्द्य १९, खालिद शाह ६ र आसिफ खानले ४ रन बनाए ।
हङकङका यासिम मुर्तजाले ३ विकेट लिए । नस्रुल्लाह रानाले २ विकेट लिदा । एहसान खानले १ विकेट लिए ।
हङकङलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।