४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा डी ककको चौथो शतक, बनाए यस्तो कीर्तिमान



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३२ औँ खेल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच जारी छ । यो खेल पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (एमसीए) मा भइरहेको छ । दक्षिण अफ्रिका टस हारेर ब्याटिङ थालिरहेको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३८ ओभरमा एक विकेट गुमाएर २२३ रन बनाएको छ । क्विन्टन डी कक र रसी भान डर डुसेन क्रिजमा छन् । यी दुईबीच १५० भन्दा बढी साझेदारी भएको छ ।

डी ककले आफ्नो एकदिवसीय करियरको २१ औं शतक पूरा गरेका छन् । जारी विश्वकपमा उनको यो चौथो शतक हो । उनका चारै शतक यस विश्वकपमा बनेका छन् ।

उनी विश्वकपमा सबैभन्दा धेरै शतक बनाउने पहिलो दक्षिण अफ्रिकी बनेका छन् । यस्तै, उनी विश्वकपको एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान समेत बनेका छन् ।