• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

विश्वकपमा डी ककको चौथो शतक, बनाए यस्तो कीर्तिमान



एजेन्सी । विश्वकप २०२३ को ३२ औँ खेल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच जारी छ । यो खेल पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (एमसीए) मा भइरहेको छ । दक्षिण अफ्रिका टस हारेर ब्याटिङ थालिरहेको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३८ ओभरमा एक विकेट गुमाएर २२३ रन बनाएको छ । क्विन्टन डी कक र रसी भान डर डुसेन क्रिजमा छन् । यी दुईबीच १५० भन्दा बढी साझेदारी भएको छ ।

डी ककले आफ्नो एकदिवसीय करियरको २१ औं शतक पूरा गरेका छन् । जारी विश्वकपमा उनको यो चौथो शतक हो । उनका चारै शतक यस विश्वकपमा बनेका छन् ।

उनी विश्वकपमा सबैभन्दा धेरै शतक बनाउने पहिलो दक्षिण अफ्रिकी बनेका छन् । यस्तै, उनी विश्वकपको एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याट्सम्यान समेत बनेका छन् ।