२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् । तेक्वान्दो बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ ।

छात्र-छात्रामा ३–३ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । छात्रमा ४५, ४८ र ५१ केजी तौलसमूहमा खेल हुने छ । छात्रामा ४२, ४४ र ४६ केजीमा भिडन्त हुने छ । विभिन्न २० विद्यालयका १ सय २० खेलाडीको सहभागिता रहने छ ।

एथलेटिक्स शुक्रबार मुलपानीमा हुने छ । छात्र÷छात्रामा ६-६ गरी १२ स्पर्धा राखिएको छ । छात्र-छात्रा दुवैमा १ सय, २ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर दौड तथा ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुने छ । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी हुने छन् ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोटका रुपमा समेत रहेको  छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुने छन् ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।