४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् । तेक्वान्दो बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को हलमा खेलाइने छ ।

छात्र-छात्रामा ३–३ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । छात्रमा ४५, ४८ र ५१ केजी तौलसमूहमा खेल हुने छ । छात्रामा ४२, ४४ र ४६ केजीमा भिडन्त हुने छ । विभिन्न २० विद्यालयका १ सय २० खेलाडीको सहभागिता रहने छ ।

एथलेटिक्स शुक्रबार मुलपानीमा हुने छ । छात्र÷छात्रामा ६-६ गरी १२ स्पर्धा राखिएको छ । छात्र-छात्रा दुवैमा १ सय, २ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर दौड तथा ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुने छ । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी हुने छन् ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोटका रुपमा समेत रहेको  छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुने छन् ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।