७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्नाको प्रोत्साहनः बलिङतर्फ अविनाश र ब्याटिङमा कुशलले पाए सर्वाधिक रकम



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा मलेसियालाई हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । यसैबीच यस खेलबाट बलर अविनाश बोहोराले सबैभन्दा धेरै रकम पाउने भएका छन् । मलेसियाविरुद्ध बलिङ गर्नेक्रममा अविनाश बोहोराले ४ विकेट लिँदै ५ डट बल फ्याँकेका थिए । यसअनुसार बोहोराले १ लाख ५ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै, अर्धशतकीय इनिङ्स खेलेका ब्याट्सम्यान कुशल मल्लले ७ छक्का र २ चौकासहित ६५ रन जोडे । यसक्रममा उनले अर्नाबाट २ लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने बताएको थियो ।

यस्तै, बलरले प्रतिविकेट २५ हजार रुपैयाँ पाउँछन् भने फिल्डरले समेत प्रति क्याच २५ हजार र प्रति रन आउटमा समेत २५ हजार रुपैयाँका दरले प्राप्त गर्नेछन् ।