४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको विष्फोटक ब्याटिङमा नेपालको लगातार दोस्रो जित, मलेसियालाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

१६६ रनको लक्ष्य पछ्याएको नेपालले विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन जोडे । ३४ बल खेलेका उनले ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले २५ बलमा ४३ रनको योगदान दिए भने आशिफ शेखले २३ बलमा ३२ रन जोडे । साथै, सन्दीप जोरा १५ बलमा १७ रनसहित अविजित रहे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद आमिरले तीन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उसका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाए । ४९ बल खेलेका उनले ८ चौका र २ छक्का हिर्काए ।

यस्तै, जुवाईदी जुलकिफ्लेले १६ बलमा २४ रन, सार्भिन मुनीयान्दीले १२ बलमा १३ रन तथा विजय उन्नी १३ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले एक–एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।