३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृपा पौडेलले जितिन् सारेगमप लिटिल च्याम्प्सको उपाधि



अ+ अ-

काठमाडौं । सारेगमप लिटिल च्याम्प्सको उपाधि कृपा पौडेलले जितेकी छन् । 

शनिबार साँझ भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै १५ लाख नगद प्राप्त गरिन् । 

यस्तै, प्रतियोगिताको फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । 

आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेलबी फाइनलमा प्रतिस्पर्धा भएको थियो ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए । 

यस्तै, १५ जना ग्रान्ड जुरी थिए । नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषीले प्रतिस्पर्धामा सहभागी जनाएका थिए ।