२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृपा पौडेलले जितिन् सारेगमप लिटिल च्याम्प्सको उपाधि



अ+ अ-

काठमाडौं । सारेगमप लिटिल च्याम्प्सको उपाधि कृपा पौडेलले जितेकी छन् । 

शनिबार साँझ भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै १५ लाख नगद प्राप्त गरिन् । 

यस्तै, प्रतियोगिताको फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । 

आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेलबी फाइनलमा प्रतिस्पर्धा भएको थियो ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए । 

यस्तै, १५ जना ग्रान्ड जुरी थिए । नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषीले प्रतिस्पर्धामा सहभागी जनाएका थिए ।