२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजवानको चाहना – कोहलीले आफ्नो जन्मदिनमा ४९ औं शतक लगाउन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले नोभेम्बर ५ मा आफ्नो ३५ औं जन्मदिन मनाउँदै छन् । भारतीय टोलीले सोही दिन कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिकासँग विश्वकपको लिग खेल खेल्नेछ ।

यसैबीच, पाकिस्तानका विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवानले कोहलीले शतक बनाएर आफ्नो जन्मदिन विशेष बनाएको हेर्न चाहेको बताएका छन् ।

रिजवानले नोभेम्बर ५ मा विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ४९ औं शतक बनाउने आशा राखेको बताएका छन् ।

बंगलादेशविरुद्धको खेलअघि आज तकसँगको कुराकानीमा रिजवानले भने, ‘नोभेम्बर ५ कोहलीको जन्मदिन हो भन्ने थाहा पाउँदा राम्रो लाग्यो । उनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछु । यद्यपि, म मेरो जन्मदिन मनाउँदिन । म विराट कोहलीलाई बधाई दिन्छु । मलाई आशा छ कि उनले आफ्नो जन्मदिनमा आफ्नो ४९ औं ओडीआई शतक बनाउनेछन् । म पनि उसले यो विश्वकपमा आफ्नो ५० औं ओडीआई शतक बनाएको हेर्न चाहन्छु ।’

भारतीय टोलीले सबै ६ खेल जितेको छ भने पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिने खतरामा छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानलाई अन्तिम ४ मा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्नेछ र उसलाई भाग्यको पनि साथ चाहिन्छ ।