१० मंसिर २०८१, सोमबार
,
Latest
मुम्बईले दीपक चाहरलाई ९ करोड २५ लाखमा किन्यो साम करन अब पहेँलो जर्सीमा देखिने, उनलाई चेन्नईले किन्यो क्रुणाल पाण्ड्या ५ करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नितिष राणालाई राजस्थानले ४ करोड २० लाखमा किन्यो भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट: सिङ्गापुरले टस जितेर थाल्यो ब्याटिङ



अ+ अ-

काठमाडौं । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेल जारी छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा सिङ्गापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

बिहान ९ बजेबाट सुरु भएको खेलमा सिङ्गापुरले मध्यम सुरुआत गरेको छ।प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल भइरहेको छ ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।