२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यानसँग सन्दीपको आग्रह : नेपालको पक्षमा के भन्नुहुन्छ ?



अ+ अ-

काठमाडौं: नेपाली क्रिकेट टिमका उत्कृष्ट लेग स्पिनर सन्दीप लामिछानेले भोलि (सोमबार)को खेलका बारेमा आफ्ना धारणा राख्न खेल समर्थकहरु (फ्यान) लाई आग्रह गरेका छन् ।

आइसिसी पुरुष टी–२० विश्वकपका लागि एसियाली क्वालिफायर अन्तर्गत समूह ए मा रहेको नेपालले सोमबार सिंगापुर विरुद्ध खेल्दैछ । उक्त खेल बिहान ९ बजे सुरु हुनेछ ।
भोलि नै युएई र बहराइन, ओमान र मलेसिया तथा हङकङ र कुवेत बीच खेल हुनेछन् ।

समूह ए मा नेपाल सहित सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “भोलिदेखि सुरु हुने टी२० वर्ल्डकप क्वालिफायरप्रति तपाइँ रोमाञ्चित हुनुहुन्छ भने मेरो पोस्टको कमेन्ट बक्समा लेख्नुहोस् ।”

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि नेपाली टिममा सन्दीप समावेश भएपछि टिम बढी सन्तुलित र बलियो भएको प्रतिक्रिया दिएका छन् ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/pfbid0PZoQdxVYD5oZDi3e31U48388UGjdzRAA2WSULfgCibL3i4KaskgPdMingVdRPdbhl