२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ुप्रयोजन बिहिनु भएको बताएका छन ।

चार दिने नेपाल भ्रमणमा आउनु भएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहिन’ भएको टिप्पणी गरेका हुन । उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेको जनाएका छन् ।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’

आज प्रधानमन्त्री प्रचन्डले उहाँको सम्मानमा सोल्टी होटलमा दिने रात्रि भोजमा आमन्त्रित थापा सहभागी नहुने समेत स्रोतले जनाएको छ । सङ्क्रमणकालिन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अबस्थामा यस्तो कार्यमा थापाको बिमती रहेको बुझिएको छ ।

चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।