• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ुप्रयोजन बिहिनु भएको बताएका छन ।

चार दिने नेपाल भ्रमणमा आउनु भएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहिन’ भएको टिप्पणी गरेका हुन । उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेको जनाएका छन् ।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’

आज प्रधानमन्त्री प्रचन्डले उहाँको सम्मानमा सोल्टी होटलमा दिने रात्रि भोजमा आमन्त्रित थापा सहभागी नहुने समेत स्रोतले जनाएको छ । सङ्क्रमणकालिन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अबस्थामा यस्तो कार्यमा थापाको बिमती रहेको बुझिएको छ ।

चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।