६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रा युवाहरू किन विदेशिदै छन् ?



अ+ अ-

अहिले विश्वमा नै दक्षिणबाट उत्तरतर्फको आप्रवासन बढेको छ। अफ्रिकी देशहरुबाट आप्रवासन छेक्न युरोपलाई मुस्किल पर्दैछ। राजनीतिक हिंसा, अस्थिरता र जलवायु परिवर्तनको मार खेपेका अफ्रिकी राष्ट्रबाट युरोप, अमेरिका छिर्ने शरणार्थीहरूको संख्या चुनौतीपूर्ण बन्दै छ।

युक्रेन र मध्यपूर्वको युद्ध भयावह छ। यस क्षेत्रमा लाखौंको संख्यामा मानिसहरु देश छोडदै छन् । जलवायु परिवर्तन आप्रवासनकाे सबैभन्दा चुनौतीपूर्ण चिन्ता हो । मानव सभ्यताको इतिहासमा आप्रवासन युद्ध र जलवायु परिवर्तनबाट प्रभावित देखिन्छ।अवसर र रोजगारीको आप्रवासन नयाँ होइन। श्रमिकको माग र आपूर्ति सन्तुलनमा १९९०काे विश्वव्यापीकरणले नै संकेत दिइसकेको थियो। यसको परीणाम अहिले देखिँदैछ ।

नेपालमा बि स २००८, २०१८, २०४६, २०६३, को राजनीति परिवर्तन र २०७२ को भूकम्प पछि व्यापक आन्तरिक बसाइँसराइ भयो । तर यो आन्तरिक थियो। यसले शहरीकरण बढायो। सहरको जग्गा र घर को भाउ आकासियो। गाउँघर रितो हुँदैगयो।

औद्योगिक र कृषि उत्पादनमा रोजगारी बढेन।आयात बढ्यो । रेमिटान्स विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुदै गयाे। बैक व्यवसायी बनेनन। साहु महाजन जस्ता भए । ब्याजदरले बैंक धनी हुँदै गए। सरकारी क्षेत्रमा भ्रष्टाचार बढेर गयो। युवाहरुलाइ राजनीतिले अपनत्व दिएन। विद्यालयमा राजनीति कम हुँदै गएपछि युवाहरु स्वतन्त्र भए। कसैको अधिनमा रहेनन्। उनीहरु विश्वको बारेमा जान्दछन्। तर नेपालको राजनीति अवस्था स्थिति, भ्रष्टाचारबाट वाक्क छन्।

यहाँ आफ्नो मान्छे नभई काम हुँदैन। ऋण सहजै पाइदैन। नाममात्रका सरकारका नीतिहरु छन् ।अहिलेको युवा यो झन्झटमा पर्न चाहँदैन। प्रणालीमा रमाउन चाहन्छ। एउटा जीवनस्तर माथि पुगिसकेको युवा प्रणाली(system)मा अपनत्व चाहन्छ ।सम्मान र स्थिरता चाहन्छ। जुन नेपालमा छैन। जहाँ युवाले यो अवसर पाउँछ। त्यतैतिर जान्छ। याे मानवशास्त्रीय नियम पनि हो।

संसारमा दक्षिण एसिया श्रमको हब बन्दैछ। युराेप अमेरिका र औद्योगिक राष्ट्रहरुमा जनसंख्या तीव्र रूपले घट्दैछ। यसको आपुर्ति विशेषगरी दक्षिण एसियाका मुलुकहरुले भरथेग गर्दैछन्। याे सधै चलि रहने प्रक्रिया होइन। तर नेपालको आप्रवासन फरक खालको छ।नेपालमा दन्द, हिंसा, उत्पादनकाे कमी, जलवायु परिवर्तन र कुनै सामाजिक असुरक्षा छैन। तर यहाँका झण्डै ७० प्रतिशत युवाहरु देश छोड्न चाहन्छन्।. यसको मनोविज्ञान अलि जटिल खालको छ।

नेपालीलेआफ्नो भूमिको लागि कहिल्यै लड्नु परेन। भोकमरीको शिकार हुनु परेन ।माटो र राष्ट्रियताकाेलगि यहूदीहरूले जस्तो जमिल खोज्दै हिड्नु परेन। भारतीयहरुले जस्तो अंग्रेजको गुलाम हुन परेन। जसलाई माटोको गन्ध थाहा छ उसले माटोलाई चिन्छ। अहिले नेपालको राष्ट्रियता अमेरिका युरोप क्यानडा र अस्ट्रेलियामा छचल्किएको छ। जुन राष्ट्रियता नेपाली युवालाई प्यारो लाग्दैछ। नेपालभित्र भन्दा नेपाल बाहिरको राष्ट्रियताले नेपाली युवालाई लोभ्याउँदै छ। यस्का दोषी युवाहरु होइनन् ।जसले उद्योगहरु निजीकरण गरे ।

कृषि अनुदानबाट आफ्नै घर बनाए। सरकारी जमिन ब्याक्तीलाई दर्ता गराए। बिक्री गरे। चिया बगानहरु प्लटिङ गर्दै गए । कृषि र उद्योगलाई दिने अनुदान व्यापारीको हातमा पर्यो। स्वार्थ भएका नेताहरूको हातमा शासन गयो ।कर्मचारितन्त्र राजनीति नेताको भजनगानमा नै केन्द्रित हुँदै गयो। भ्रष्टाचारलाई समाजले अस्वीकार गरेन। तब युवाले देशभित्र केही देखेनन् ।अहिलेको युवा शासन, प्रशासन, व्यापार-व्यवसाय समाज सबैमा नेतृत्व चाहन्छ । अपनत्व चाहन्छ। तर त्यहाँ पुराना विचार सिद्धान्त र चिन्तन बोकेका मान्छे भरिभराउ छन् ।यस्तो अवस्थामा युवा देश बस्तैन। युवालाई अवसर दिनुपर्छ।

१७ देखि २२ वर्षकाे युवालाई अनिवार्य रोजगारी दिनु पर्छ। अहिलेको प्रहरी,सैनिक, सशस्त्र र नगर प्रहरीमा १७ वर्षदेखिको युवालाई जागिर दिनुपर्छ .र २२ बर्षमा अवकाश दिनुपर्छ.। यसले ती क्षेत्रमा नयाँपन आउनसक्छ। यि युवाले रोजगारी पाउँछन्.। त्यसैपनि प्रहरी सैनिक सशस्त्रमा लामाे समयसम्म काम गर्न रुचाउँदैनन्। .तल्ला पदहरुमा यसरी नियुक्ति गर्दा खर्च बढ्दैन। युवाहरुकाे देशप्रति अपनत्व बढ्छ। यिनै क्षेत्रभित्रका युवालाई कृषि उद्योग ,तकनिकी, व्यवसायको तालिम दिन सकिन्छ । ५ वर्षपछि उसले निश्चित पैसा हात पार्छ .नेपालभित्रै व्यवसाय गर्न सक्छ।

विदेशकै गयो भने पनि दक्ष कामदारको रुपमा जान सक्छ। वर्षमा हजारौं युवालाई यस क्षेत्रमा अवसर दिन सकिन्छ। बैककाे ऋण, सुविधा नीतिहरुमा यस्ता युवालाई आकर्षित गर्न सकेमा कृषि,उधम व्यवसायमा साना व्यवसाय बढ्न सक्छन्। लगानी बढ्न सक्छ र सिमान्त युवाहरु गाउँमै रमाउँछन्। याे लागू गर्न कुनै सिद्धान्त वाद वा राजनीतिले केही फरक पार्दैन । इमान्दार निर्णय को खाँचो मात्र पर्छ।

आप्रवासनले अनुहार परिवर्तन हुनसक्छ। देश परिवर्तन हुँदैन ।दक्षिण अफ्रिकाको जस्तो आप्रवासन हामीले भोग्नु नपर्ला। किनकि हाम्रो भूगोल र मानिस असल छन्। आप्रवासनको याे अवस्थाले अब नेपालमा बङ्गलादेश भारत र अफ्रिकी देशहरु र अन्य देशहरुबाट कामको खोजीमा प्रवेश गर्ने निश्चित छ। किनकि जनसंख्या र भुगोलको अनुपात कहिल्यै घट्दैन। हामीलाई पनि व्यापार ,व्यवसाय चलाउँन मानिस चाहिन्छ ।हाम्रा युवाहरु विदेश गएपछि विदेशबाट नेपालमा कामदार रोक्न सकिँदैन। र यहाँ काम र अवसरको सम्भावना हामीले मात्र नदेखेका हौ। अरुले देखिसकेका छन्।

त्यतिखेर हाम्रा युवाहरु पक्कै स्वदेश फर्केलान्। हामीले बेलैमा विचार पुर्याउन भने देशको उद्योगधन्दा व्यापार हाम्रो हातमा नरहन सक्छ। अहिले नै हाम्रोमा सम्भावना धेरै छ ।विदेश बसिसकेका र केही गरिसकेका युवाहरुको लागि नेपाल अत्यन्तै उर्वरभूमि बन्दैछ। यसकाे पहिचान हुन ढिलो भइसकेको छ ।