२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक शृंखला: युएईद्वारा नेपाल चार विकेटले पराजित



अ+ अ-

काठमाडौं: नेपाल, हङकङ र युएईबीचको त्रिकोणात्मक शृंखलाको उपाधि युएईले जितेको छ । नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष युएईले छ विकेट गुमाएर पूरा गरेको थियो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्ध शतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले ७, कुशल मल्लले १, रोहित पौडेलले १८, दीपेन्द्र सिंह ऐरीले २०, सन्दीप जोराले १०, गुल्सन झाले ५, सोमपाल कामीले १३ र करन केसीले २३ रन बनाएका थिए ।

युएईका लागि आयन अफजल खानले ३, अलि नासेर र जहूर खानले समान २,२ तथा जुनेद सिद्धिकीले १ विकेट लिएका थिए ।

जवाफमा युएईको टिमले सुरुदेखि नै नेपालमाथि दबाब बनाएको थियो । युएईका कप्तान मोहम्मद वासिमले गुल्सन झाको बलमा आउट हुनुअघि ४५ रन बनाएका थिए । त्यस्तै, आर्यन्स शर्माले २५, भित्र्या अरबिन्दले २६ रन बनाएका थिए ।

नेपालका लागि गुल्सन झा र अविनाश बोहराले समान दुई दुई विकेट लिएका थिए भने कुशल मल्लले १ विकेट लिएका थिए ।