२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

भारतीय राजदूतावासबाट क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण

भारतीय राजदूतावासबाट  क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुका लागि दूतावासमा स्वागत समारोहको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूतनवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गर्नुभयो ।

ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गर्याे।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गर्नुभयो । वहाँले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो । वहाँले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिनुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चन्द , संघका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँहरुले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको सुरुवात भएको बताउनुभयो ।

भारतीय दूतावास, काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो ।