२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचार्य बालकृष्णले गरे पाल्पास्थित कामाख्या देवीको पूजा- फोटोफिचर



अ+ अ-

लुम्बिनी । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले आज पाल्पाको बशन्तपुरस्थित कामाख्या देवीको मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् ।

करिब ४० वर्षपछि दसैँ मनाउन आफ्नो गृहजिल्ला स्याङ्जा आएका बालकृष्ण आज बिहान रुपन्देहीको बुटवल र पाल्पाको बशन्तपुर जोड्ने लुम्बिनी केबलकार चढेर बशन्तपुर पुगी त्यहाँस्थित कामाख्या भगवतीको मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

त्यस अवसरमा उनले बशन्तपुर नेपालका मात्र नभएर भारतका र विशेषगरी भारतको उत्तर प्रदेशका नागरिकको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने बताएका थिए ।

उनी त्यहाँ पुग्दा नेपाल र भारतका पत्रकारहरु पनि सो मन्दिरमा पुगिसकेका थिए । उनलाई सो मन्दिरमा बुटबल केबलकारका अधिकारीहरुले स्वागत गरेका थिए ।