४ भाद्र २०८३, बिहीबार
,
Latest
दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको कारवाहीलाई लिएर राष्ट्रसङ्घका महासचिवको इजराइलद्वारा राजीनामा माग



महासचिव एन्टोनियो गुटेरेस (फाइल)
अ+ अ-

अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।

राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उहाँको राजीनामा माग गर्नुभयो ।

“बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन”, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।

“हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ”, महासभामा महासचिव गुटेरेसले भन्नुभयो, “प्यालेस्टिनी जनताको गुनासोहरूले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्तैन, ती भयानक हमलाले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्तैन ।” रासस




भर्खरै