११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’

पूर्व डिआइजीको दशैँ अनाथ आश्रमका बालबालिकासँग

पूर्व डिआइजीको दशैँ अनाथ आश्रमका बालबालिकासँग
अ अ+ अ-

ललितपुर । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक अशोक सिंहले एक अनाथ आश्रमका बालबालिकासँग यस वर्षको दशैँ मनाउनुभएको छ ।

उहाँले ललितपुर महानगरपालिका, २५ नख्खुडोल स्थित तुलसालय आश्रमका बालबालिकालाई दशैँको टीका लगाउँदै भोजन गराएर दशैँ मनाउनुभएको हो ।

सो आश्रमका बालबालिकालाई आफ्नै निवासमा ल्याइ डिआइजी सिंह, उहाँकी धर्मपत्नी प्रज्ञा राज्यलक्ष्मी राणा सिंह र मोहन शाहीले टीका प्रसाद लगाइ दक्षिणा प्रदान गर्नुका साथै भोजन गराउनुभएको थियो । तुलसालयमा आश्रित रहेका ३५ जना बालबालिका उहाँको निवासमा गएका थिए ।

सो आश्रमकी सञ्चालक एवं अध्यक्ष सरु सुवेदीले आश्रममा आश्रितहरुलाई घरमै लगेर दशैँ मनाउने काम गर्नुभएकामा पूर्व डिआइजी सिंहलाई धन्यवाद दिनुभयो । आफ्नो घरमा आशौच परेकोले आश्रममा रहेका छोराछोरी एवं बाआमाहरुलाई टीका लगाइदिन नभएकाले उनीहरु निरास भएको अवस्थामा डिआइजी सिंहले तुलसालयका बालबालिकासँग आफ्नै निवासमा दशैँ मनाउने योजना बनाउनुभएकोमा आफू र आश्रमको परिवारका सबैजना खुसी भएका सुवेदीले बताउनुभयो ।

अहिले घरमा आशौच रहेकाले आगामी कोजाग्रत पूर्णिमामा आश्रमका छोराछोरी र बाआमालाइ टीका लगाइ दशैँ मनाउने योजना रहेको पनि उहाँले सुनाउनुभयो ।

सो आश्रममा हाल बालबालिका, बृद्धबृद्धा बाआमा तथा मानसिक रोग भएकाहरु समेत गरी ५४ जना आश्रित रहेका छन् । डिआइजी सिंह र उहाँकी धर्मपत्नी प्रज्ञा राज्यलक्ष्मी राणा सिंहले तुलसालय आश्रमलाई विगत लामो समयदेखि सहयोग प्रदान गर्दै आउनुभएको छ ।