१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए
अ अ+ अ-

काबुल,अफगानिस्तान । पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

'समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,' टोलो न्यूजका अनुसार उनले भने। 'म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी- दुई केटा र दुई छोरी राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु,' उनले थपे।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन्। हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू  नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं।

न्युयोर्क टाइम्सले  सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै  चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए।

यद्यपि तत्काल आर्थिक सङ्कटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन्। तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ।  त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन्।

'इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्,' शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ। इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, ''इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ।''

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन्। (रासस-एएनआई)