२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईले नेपाललाई १६५ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक टि–२० आई सिरिजमा यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनायो ।

यूएईका लागि बासिल हमिद र वृत्य अर्विन्दले समान ४५/४५ रन बनाए । यस्तै, आसिफ खानले १८ रन बनाउदा खालिद शाहले १२ रन बनाए ।

नेपालको लागि सोमपाल कामि र अविनाश बोहराले समान दुई विकेट लिए । यस्तै, करण केसी र गुल्सन झाले समान एक एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।