५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल र युएई भिड्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा आज सोमबार नेपाल र युएई भिड्दैछन् । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै युएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । हङकङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो ।

तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । युएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।