२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीको एक शटले करोडौं फ्यानको दिल टुट्यो !



अ+ अ-

एजेन्सी । धर्मशालामा विराट कोहली ९५ रनमा ब्याटिङ गर्दै थिए । एकदिवसीय क्रिकेटमा विराटको ४९ औं शतक आउन लागेको थियो । स्टेडियममा उपस्थित सबै फ्यान यसको लागि उत्सुक थिए । सबैको फोनमा क्यामेराहरू खुला थिए र सबैजना वर्षौंदेखि यो ऐतिहासिक क्षणलाई कैद गर्न चाहन्थे ।

किंग कोहली एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको ४९ शतकको विश्व कीर्तिमानको बराबरी गर्ने कगारमा थिए । अर्को छेउमा विराटसँगै क्रिजमा रहेका रविन्द्र जडेजा पनि निकै जिज्ञासु थिए र उनले अन्तिम धेरै ओभरमा कोहलीलाई स्ट्राइकमा ल्याउने हरसम्भव प्रयास गरिरहेका थिए ।

म्याट हेनरी इनिङ्सको ४८ औं ओभर बलिङ गर्दै थिए र उनले ओभरको चौथो बल अफ स्टम्पबाहिर फ्याँके । आफ्नो ४९ औं शतकको खोजीमा विराट कोहलीले ठूलो शट हानेर बल हावामा खेल्ने प्रयास गरे । फ्यानदेखि लिएर सम्पूर्ण भारतीय ड्रेसिङ रुमसम्म सबैको नजर बल कहाँ अवतरण हुनेमा थियो । तर, विराटले शट खेल्नेबित्तिकै सबै मेहनत खेर गएको बुझे ।

कोहलीको ब्याटबाट निस्केको बल ग्लेन फिलिप्सको हातमा परेको थियो । मैदानमा पूरै सन्नाटा छायो र कोहली ९५ रन बनाएर पेभिलियन फर्किए भन्ने कुरामा कोही पत्याउन तयार थिएनन् । अर्थात् सचिनको महान कीर्तिमान बराबरी गर्न मात्र ५ रन टाढा रह्यो । पेभिलियन फर्कने क्रममा विराट आफैं निराश बनेका थिए । रविन्द्र जडेजाको प्रतिक्रियाले नै त्यो पीडादायी क्षणको कथा सुनायो ।

विराट कोहलीले सचिन तेन्दुलकरको उत्कृष्ट कीर्तिमानको बराबरी गर्न नसके पनि भारतका स्टार ब्याट्सम्यानले पक्कै पनि सनथ जयसूर्यालाई पछाडि छोडेका छन् । वास्तवमा विराट कोहलीले एकदिवसीय क्रिकेटमा अहिले १३ हजार ४३७ रन बनाएका छन् ।

जहाँ जयसूर्याले ५० ओभरको फर्म्याटमा १३ हजार ४३० रन बनाएका छन् । कोहली रिकी पोन्टिङलाई पछि पार्ने बाटोमा छन् । पोन्टिङले एकदिवसीय क्रिकेटमा १३ हजार ७०४ रन बनाएका छन् । यस सूचीमा सचिन तेन्दुलकर १८ हजार ४२६ रन बनाएर शीर्ष स्थानमा छन् ।