२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षीय खेलाडीको निर्णायक गोलमा बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ८० औं मिनेटमा मार्क गुइउले गरे । १७ वर्षीय मार्कले जोआओ फेलिक्सको पासमा गोल गरेका हुन् । उनको यो सिनियर क्लबका लागि पहिलो हो ।

साथै उनी डेब्यु खेलमै गोल गर्न सफल भए त्यो पनि टोलीका लागि निर्णायक गोल गरे । यो नतिजासँगै १० खेलबाट बार्सिलोना २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । विल्वाओ समान खेलबाट १७ अंकका साथ छैटौं स्थानमा छ ।