४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा पाँचै खेल जित्ने भारत मात्रै



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को २१ औं खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यो विश्वकपमा भारतको लगातार पाँचौ जित हो । यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अहिले भारतको १० अंक छ ।

आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २७३ रन बनाएको थियो । जवाफमा भारतले ४८ ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएर खेल ४ विकेटले जित्यो ।

न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक १३० रन बनाए । रचिन रविन्द्रले ७५ र ग्लेन फिलिप्सले २३ रनको योगदान दिए । यी तीन बाहेक विल यङ (१७ रन)ले मात्र दोहोरो अंक छुन सके । भारतका लागि मोहम्मद शामीले ५ र कुलदीप यादवले २ विकेट लिए । जसप्रित बुमराह र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

भारतका लागि विराट कोहलीले ९५ रनको इनिङ खेले । रोहित शर्माले ४६ र रविन्द्र जडेजाले अविजित ३९ रन बनाए । श्रेयसले ३३ रन, राहुलले २७ रन र गिलले २६ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि लोकी फर्गुसनले दुई विकेट लिए । यस्तै बोल्ट–हेनरी र सान्टनरले एक–एक विकेट लिए ।

अंकतालिकाः