९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअष्टमीको बिहान भद्रकाली मन्दीरमा जे देखियो – फोटो फिचर



अ+ अ-

काठमाण्डौ । वडादशैंको आठौं दिन असोज शुक्ल अष्टमीमा आइतबार विभिन्न शक्तिपीठमा भगवतीको पुजाआजा र दर्शन गर्न भक्तजनहरुको भीड जारी छ ।

विगतका वर्षहरुमा झैं यसपाली पनि राजधानीको भद्रकालीस्थित भद्रकाली मन्दीरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको एकाविहानैदेखि भीड थियो ।

हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरु मात्रै भद्रकाली मन्दीरमा आएका थिएनन । मागेर आफ्नो जीविका चलाउनेदेखि भीडभाडमा सोझासाझा दर्शनार्थीहरुलाई ठग्नको लागि भारतीय साधुहरु पनि त्यतिकै सकृय देखिन्थे ।

मन्दीर हाता बाहिर सडक किनारमा रोकेर राखेका सयौं मोटरसाइकल र त्यतिकै संख्यामा रहेका नीजि कारहरुको पुजा गर्न गएका सवारी साधनका धनीहरु सवारी साधन पुजा गर्न भनेर झुम्मिएका पण्डितहरुबाट पनि ठगिइरहेका देखिन्थे ।

भद्रकाली मन्दीर वरिपरिको बाटोमा सवारी आवागमन व्यवस्थित बनाउन केही ट्राफिक प्रहरी खटिएको देखियता पनि जनपद प्रहरीको उपस्थित नदेखिँदा भक्तजनहरुलाई ठग्ने भारतीय साधु र नेपाली पण्डीतहरुलाई सहज भइरहेको थियो ।

दुई पांग्रे सवारी साधन र नीजि कारहरु पुजा गर्ने पण्डीतहरु ‘पुजाको विधि प्रकृया पुगेन भने दुर्घटनामा पर्नसक्छ’ भन्दै (इमोशनल ब्ल्याकमेल गर्दै) सवारी धनीसंग मनलागी दक्षिणा माग्दै गरेको दृष्य एकातिर देखिन्थ्यो भने अर्काेतिर हेर्दै ठगजस्ता देखिने कालो र रातो वस्त्र धारण गरि कानको लोतीमा ठुला मुन्द्रा झुण्ड्याएका भारतीय साधुबाट ठगिईरहेका देखिन्थे । उनीहरु भक्तजनलाई लठ्ठ बनाएर उनीहरुको ब्याग र पर्समा भएको प्राय: सबै नगद दिउँदिउँ लाग्ने गराउँदै थिए ।