४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महाअष्टमीको बिहान भद्रकाली मन्दीरमा जे देखियो – फोटो फिचर

महाअष्टमीको बिहान भद्रकाली मन्दीरमा जे देखियो – फोटो फिचर
अ+ अ-

काठमाण्डौ । वडादशैंको आठौं दिन असोज शुक्ल अष्टमीमा आइतबार विभिन्न शक्तिपीठमा भगवतीको पुजाआजा र दर्शन गर्न भक्तजनहरुको भीड जारी छ ।

विगतका वर्षहरुमा झैं यसपाली पनि राजधानीको भद्रकालीस्थित भद्रकाली मन्दीरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको एकाविहानैदेखि भीड थियो ।

हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरु मात्रै भद्रकाली मन्दीरमा आएका थिएनन । मागेर आफ्नो जीविका चलाउनेदेखि भीडभाडमा सोझासाझा दर्शनार्थीहरुलाई ठग्नको लागि भारतीय साधुहरु पनि त्यतिकै सकृय देखिन्थे ।

मन्दीर हाता बाहिर सडक किनारमा रोकेर राखेका सयौं मोटरसाइकल र त्यतिकै संख्यामा रहेका नीजि कारहरुको पुजा गर्न गएका सवारी साधनका धनीहरु सवारी साधन पुजा गर्न भनेर झुम्मिएका पण्डितहरुबाट पनि ठगिइरहेका देखिन्थे ।

भद्रकाली मन्दीर वरिपरिको बाटोमा सवारी आवागमन व्यवस्थित बनाउन केही ट्राफिक प्रहरी खटिएको देखियता पनि जनपद प्रहरीको उपस्थित नदेखिँदा भक्तजनहरुलाई ठग्ने भारतीय साधु र नेपाली पण्डीतहरुलाई सहज भइरहेको थियो ।

दुई पांग्रे सवारी साधन र नीजि कारहरु पुजा गर्ने पण्डीतहरु ‘पुजाको विधि प्रकृया पुगेन भने दुर्घटनामा पर्नसक्छ’ भन्दै (इमोशनल ब्ल्याकमेल गर्दै) सवारी धनीसंग मनलागी दक्षिणा माग्दै गरेको दृष्य एकातिर देखिन्थ्यो भने अर्काेतिर हेर्दै ठगजस्ता देखिने कालो र रातो वस्त्र धारण गरि कानको लोतीमा ठुला मुन्द्रा झुण्ड्याएका भारतीय साधुबाट ठगिईरहेका देखिन्थे । उनीहरु भक्तजनलाई लठ्ठ बनाएर उनीहरुको ब्याग र पर्समा भएको प्राय: सबै नगद दिउँदिउँ लाग्ने गराउँदै थिए ।