• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

चेल्सी र आर्सनलको बराबरी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको ‘लण्डन डर्बी’ खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा अग्रता भने घरेलु टोली चेल्सीले लिएको थियो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा १५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । डी बक्सभित्र आर्सनलका डिफेन्डर विलियम सलिबाको हातमा बल लागेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

४८ औं मिनेटमा मिखाइलो मड्रिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । डीबक्स बाहिरबाट देब्रे खुट्टाले चिप बल प्रहार गर्दै उनले सुन्दर गोल गरे ।

यता, ७७ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई १-२ को स्थितीमा ल्याए । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले बल पास दिँदा मिस भई राइसले सिधै प्रहार गर्दै डिबक्स बाहिरबाट वान टचमै गोल गरे ।

यस्तै, ८४ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याउँदै टोलीको अपराजित यात्रा कायमै राखे । बुकायो साकाले टाढाबाट उपलब्ध गराएको पासलाई उनले सदुपयोग गर्दै गोल गरे ।

यो नतिजासँगै आर्सनल ९ खेलबाट २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । चेल्सी समान खेलबाट १२ अंकका साथ १० औं स्थानमा छ ।