१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका लागि राजदूतमा परराष्ट्र सचिव पौडेलको नाम सिफारिश



अ+ अ-

काठमाडौं । सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नाम सिफारिश गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राजदूतको रुपमा सिफारिश गरेको हो ।

यसअघिका राजदूत भृगु ढुंगाना आफ्नो कार्यकाल सकाएर नेपाल फर्किए पछि राजदूतविहीन रहेको अबस्थमा पौडेलको सिफारिस भएको हो ।

पौडेलले सन् २०१२ देखि २०१६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।