२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक: डा शशांक



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बडा दशैंको शुभकामना दिदै डा कोइरालाले दशैं जस्ता महान पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको अपेक्षातराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यि महान पर्वहरू आर्शिवाद दिने विश्वास लिदैं सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु ।’