• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी

गाजा अस्पतालमा भएको आक्रमण अक्षम्य अपराध: इत्तेहाद संगठन



काठमाडौं। केही दिनदेखि प्यालेस्टिनीको गाजा क्षेत्रमा इजरायलले गरेको कारबाहीबाट हजारौंको ज्यान गएकोप्रति मुस्लिम इत्तेहाद संगठन नेपालले चिन्ता व्यक्त गरेको छ ।

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँद्वारा जारी विज्ञप्तिमा गाजा क्षेत्रमा भएका आक्रमणबाट हजारौं घाइते भएका तथा लाखौं मानिस बेघरबार भइसकेको अवस्थामा गाजाको एक अस्पतालमा भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लंघन भएको जनाएको छ ।

गाजा भूमिमा रहेको अस्पतालमा भएको रकेट आक्रमणबाट निहत्था एवं निर्दोष मानिस, अबोध बालबालिका, स्वास्थ्यकर्मीको सामूहिक हत्या हुनु अक्षम्य अपराध हो, विज्ञप्तिमा भनिएको छ ।

संगठनले यस घटनाको भत्र्सना गर्दै नेपाल सरकार तथा राष्ट्रसंघ समक्ष यस कार्यको भत्र्सना गर्न जोडदार माग गरेको छ ।