२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा अस्पतालमा भएको आक्रमण अक्षम्य अपराध: इत्तेहाद संगठन



अ+ अ-

काठमाडौं। केही दिनदेखि प्यालेस्टिनीको गाजा क्षेत्रमा इजरायलले गरेको कारबाहीबाट हजारौंको ज्यान गएकोप्रति मुस्लिम इत्तेहाद संगठन नेपालले चिन्ता व्यक्त गरेको छ ।

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँद्वारा जारी विज्ञप्तिमा गाजा क्षेत्रमा भएका आक्रमणबाट हजारौं घाइते भएका तथा लाखौं मानिस बेघरबार भइसकेको अवस्थामा गाजाको एक अस्पतालमा भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लंघन भएको जनाएको छ ।

गाजा भूमिमा रहेको अस्पतालमा भएको रकेट आक्रमणबाट निहत्था एवं निर्दोष मानिस, अबोध बालबालिका, स्वास्थ्यकर्मीको सामूहिक हत्या हुनु अक्षम्य अपराध हो, विज्ञप्तिमा भनिएको छ ।

संगठनले यस घटनाको भत्र्सना गर्दै नेपाल सरकार तथा राष्ट्रसंघ समक्ष यस कार्यको भत्र्सना गर्न जोडदार माग गरेको छ ।