• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ मा सोच प्रदर्शनी हुँदै



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ । यसका लागि पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० सोचका टोली नेताहरूलाई आगामी कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले आर्थिक विकासका लागि महानगरपालिकाको सहजीकरण योजनाका विषयमा जानकारी गराउँदै, सोच र लगानीको भेट गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यसबाट लगानीकर्ताले नयाँ योजना पाउनेछन् । नविन सोचलाई उद्यमका रुपमा विकास गर्न नसकेका युवाहरुले लगानीकर्ता पाउनेछन् । राजभण्डारीले भन्नुभयो, ‘यसबाट युवा र रोजगारीको क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्नेछ ।’ कार्यक्रममा योङ् इनोभेसनका अध्यक्ष विभुषण विष्टले सोचलाई आर्थिक उपार्जनमा प्रयोग गर्न सकिने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । त्यसपछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भन्नुभयो, ‘अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ ।’

सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा) गराउँछ । यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

यस अघिका चरण

२०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो । यसका लागि जेठ १९ गतेसम्म समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पुर्‍याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।

असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरियो । यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।

आयोगको तत्कालीन (थापाथली) बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा १०१ व्यक्ति/समूहलाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय राख्न समय दिइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ लिइएको थियो ।