२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ मा सोच प्रदर्शनी हुँदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ । यसका लागि पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० सोचका टोली नेताहरूलाई आगामी कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले आर्थिक विकासका लागि महानगरपालिकाको सहजीकरण योजनाका विषयमा जानकारी गराउँदै, सोच र लगानीको भेट गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यसबाट लगानीकर्ताले नयाँ योजना पाउनेछन् । नविन सोचलाई उद्यमका रुपमा विकास गर्न नसकेका युवाहरुले लगानीकर्ता पाउनेछन् । राजभण्डारीले भन्नुभयो, ‘यसबाट युवा र रोजगारीको क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्नेछ ।’ कार्यक्रममा योङ् इनोभेसनका अध्यक्ष विभुषण विष्टले सोचलाई आर्थिक उपार्जनमा प्रयोग गर्न सकिने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । त्यसपछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भन्नुभयो, ‘अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ ।’

सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा) गराउँछ । यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

यस अघिका चरण

२०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो । यसका लागि जेठ १९ गतेसम्म समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पुर्‍याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।

असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरियो । यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।

आयोगको तत्कालीन (थापाथली) बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा १०१ व्यक्ति/समूहलाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय राख्न समय दिइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ लिइएको थियो ।