१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वको निरंकुशता बिरुद्ध ‘केदार’ विद्रोहको प्रतीक: अर्जुन नरसिंह केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेतृत्वको निरंकुशता बिरुद्ध ‘केदार कार्की’ विद्रोहको प्रतीक बन्नु भएको जनाउनु भएको छ ।

कांग्रेस संस्थापन पक्ष सहित सत्ता गठबन्धनका उम्मेदवार बिरुद्ध बिद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेस नेता केसीले कार्कीलाई बधाई दिँदै यस्तो जनाउनु भएको हो ।

कोशी प्रदेशमा सरकार गठनका क्रममा नेपाली कांग्रेस दुई ध्रुवमा बाँडिएसँगै यसको प्रभाव केन्द्रको गठबन्धन सरकारसम्म पर्ने अनुमानबीच नेताहरुले आआफ्ना धारणा सार्वजनिक गर्नेक्रम जारी छ ।

यद्यपी, कोशी प्रदेश सरकार गठनमा केदार कार्कीलाई उचालेको आरोप खेपिरहेका नेता शेखर कोइरालाले भने पार्टी सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एउटा चिर्कटोमा बर्तमान सत्ता गठबन्धनप्रति पूर्ण समर्थन जनाउँदै हस्ताक्षर गरेर सबैलाई आश्चर्यचकित बनाइसक्नु भएको छ ।

नेता केसीले सामाजिक सञ्जालमा लेख्नु भएको छ –

“गठबन्धनको सिण्डिकेट नै अन्तिम र पार्टीलाई परश्रयी, संस्थागत निर्णय र सरोकारवालाको सामूहिक परारमर्शको उपेक्षा र नेतृत्वको निरंकुशताको परिणाम हो कोशी प्रदेशको सरकार निर्माण । बधाई छ केदार जी, विद्रोहको प्रतीक बनेकोमा ! सर्वदलीय सरकार निर्माण र आजका जटिल जनसमस्या सम्बोधन गर्न सफल हुनुहोस् !”