२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलमा पोर्चुगल युरोमा छनोट



अ+ अ-

एजेन्सी । पोर्चुगल आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा स्लोभाकियालाई ३–२ गोलले पराजित गर्दै पोर्चुगलले आफ्नो स्थान सुरक्षित गरेको हो ।

पोर्चुगललाई घरेलु मैदान स्टेडिओ डो ड्रागाओमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा गोन्कालो रामोसले एक गोल गरे । खेलको १८ औं मिनेटमा रामोसले गोल गर्दे घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल थप्दै पोर्चुगलको अग्रता २–० पारे । ६९ औं मिनेटमा डेभिड हान्कोले गोल गर्दै स्लोभाकियालाई १–२ का साथ खेलमा फर्काउन थाले । तर, ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।

यता, ८० औं मिनेटमा स्लोभाकियाका स्टेनस्लाभ लोवोट्काले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूह जे मा रहेको पोर्चुगलको यो सातौं जित हो ।

टोलीले सात खेलमै शतप्रतिशत जित निकाल्दै २१ अंकका साथ शीर्षस्थानमा रहेको छ । स्लोभाकिया समान खेलमा १३ अंकका साथ दोस्रो स्थानमा छ ।